नजर मात्र जुधेको थियो एकोहोरो भए ।
दिन रात तिम्रो मात्र याद गरिरहे ।।
क्षण क्षणमै सम्झी दिन्छु मधुर त्यो बोलि ।
भन्न सक्ने आँट छैन मनको कुरा खोलि ।।
हेरी दियौ भने मात्र बोलाएझै लाग्छ ।
आशाको बोट नरोपिकन पलाएझै लाग्छ ।।
जता हेर्छु उतै देख्छु तिम्रो मात्र छाँया ।
बुज्नै गाह्रो भयो मलाई "एकोहोरो माया" ।।
"बिनोद पाठक"
Subscribe to:
Post Comments (Atom)